रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गरेका हुन् । नयाँ भिडियो सन्देशमा उनले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्लेख गरेका छन् । रुसले आक्रमण गरेको पाँचौ दिनमा उनले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए । उनले भिडियो सन्देशमा भने