आफूमाथि ‘दुर्व्यवहार’ भएको भन्दै सांसद रानाले मागे भिडियो रेकर्ड

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा आफूमाथि दुर्व्यवहार भएको भन्दै नेकपा एमालेका सांसद नारदमुनी रानाले बैठकको भिडियो रेकर्डिङ माग गरेका छन्। संसद् सचिवालयमा निवेदन दर्ता गर्दै उनले बैठकको दृश्य रेकर्डिङ उपलब्ध गराउन माग गरेका हुन्। बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भनाभन गरेका थिए।