सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० को ब्रान्ड सार्वजनिक गरिएको छ । वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने उद्देश्यसहित आगामी सन् २०२० आयोजना गर्न लागिएको ‘भिजिट नेपाल–२०२०’ को ब्रान्ड बिहीबार सार्वजनिक गरिएको हो ।
ब्राण्डमा सेता अक्षरमा नेपाल र नेपालमाथि रातो रंगको टीको छ । ईमेज आर्कले तयार पारेको ब्राण्डले नेपालका हिमाली शृङ्खलादेखि रितिरिवाजलाई समेत प्रतिनिधित्व गरेको आर्ककी मरी आन्च सिल्पाले बताइन् ।