राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै आयोजनाको अध्ययन अनुगमन एवं स्थलगत भ्रमण गरेको सोमबार जानकारी गराइएको हो । स्थलगत अनुगमनका क्रममा देखिएका विषयलाई उपसमितिले प्रतिवेदन बनाई सोमबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई हस्तान्तरण गरेको छ । प्रतिवेदन बुझ्दै अध्यक्ष तिमल्सिनाले समितिबाट कतिवटा अनुगमनमा गइयो भन्दा पनि उपलब्धि के भयो भन्ने महत्वपूर