काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा बताएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताएका हुन् । मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । आयोजना ढिलो […]