काठमाडौँ – काठमाडौँमा भूकम्प गएको छ । बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।