पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं, भदौ ४ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार विहान १ः२८ बजे बाँके केन्द्रविन्दु भएर भूकम्प गएको हो । ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा गरिएको छ ।