युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्व राष्ट्रपति हिसेन हाब्रेको ७९ बर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताउनुभएको छ ।
“हाब्रे भगवान्को साथमा लीन हुनुभयो,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भन्नुभयो । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उहाँको कोभिड–१९ को कारण मृत्यु भएको बताएको छ । सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवता विरुद्ध अपराधको अभियोग लगाइएको थियो । उहाँले सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ बर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भाग्नुभएको थियो ।
विरोधीहरूलाई क्रुर