प्रत्यक्षतर्फको १६५ मध्ये १५५ स्थानको परिणाम आयो, कुन पार्टीले कति जिते ?

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म प्रतिनिधिसभाका १६५ मध्ये १५५ स्थानको नतिजा सार्वजनिक भईसकेको छ ।१५५ स्थानको मतपरिणाम आउँदा नेपाली कांग्रेसले सर्वाधिक ५२ सिट जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादीले १७ सिट जितेको छ । त्यस्तै एकिकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने राप्रपाले पनि ७ सिट नै जितेको छ । जसपाले ६ सिट जित्दा लोसपाले ४ सिट जितेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ ।त्यस्तै राष्ट्रिय जनमोर्चाले १, जनमत पार्टीले १, तथा नेपाल मजदुर किसान पार्टीले १ सिट जितेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरुले ५ स्थानमा जित हाँसिल गरेका छन् ।अब मतगणना जारी रहेको ७ स्थान मध्ये नेपाली कांग्रेसले ४ , एमालेले २, र राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता बनाएको छ। स्याङजा २ , दोलखा, र बाजुरामा भने विवादका कारण मतपरिणाम आउँन सकेको छैन । यी स्थानमा  मतगणना सुरु भएको छैन । त्यहाँ पुन: मतदान गर्ने वा आएको मत गणना गर्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्ने छ ।

सम्बन्धित सामग्री

अब ९ स्थानको मतपरिणाम आउन बाँकी, कुन पार्टीले कति सिट जिते ?

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी छ । आइतबार दिउँसोसम्म प्रतिनिधि सभाका कूल १६५ क्षेत्र मध्ये १५६ क्षेत्रको मतपरिणाम घोषणा भइसकेको छ । घोषित परिणाम मध्ये नेपाली काँग्रेसले प्रतिनिधि सभाका १६५ स्थानमध्ये ५३ स्थान जितेको छ । त्यस्तै नेकपा एमालेले ४१ स्थानमा विजय […]

स्थानीय चुनाव २०७९ : हालसम्म कुन पार्टीले कति जिते ?

काठमाडौँ – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना लगभग सक्किन लागेको छ। देशभरका ७ सय ५३ ओटा स्थानीय तहमा अब केही स्थानीय तहको मात्रै मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। हालसम्म भएको मत गणनापछि नेपाली कांग्रेस सबैभन्दा धेरै स्थानमा जीत हासिल गरेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी रहेको छ। निर्वाचन […]

७१५ स्थानीय तहको नतिजा आयो, कुन पार्टीले कति स्थानीय तहमा जिते ?

काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३१४ वटा […]

हालसम्म कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अझै मतगणना जारी छ । ५ महानगरसहित केही पालिकाहरुको अन्तिम मत परिणाम आउने क्रम जारी छ। ६८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले प्रमुख पदमा विजयी भएको भएको पालिकाको संख्या ३ सय ३ पुगेको हो । हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आएको छ। यी...

हालसम्म कुन पार्टीले कति पालिका जिते ?

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अझै मतगणना जारी छ । ५ महानगरसहित केही पालिकाहरुको अन्तिम मत परिणाम आउने क्रम जारी छ। ६८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले प्रमुख पदमा विजयी भएको भएको पालिकाको संख्या ३ सय ३ पुगेको हो । हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आएको छ। यी...

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ ।गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २८९ वटा स्थानीय तहको […]

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)

काठमाडौं । गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकामा […] The post ६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०

कुन पार्टीले कति पालिका जिते, को कतिमा अगाडि

काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनमा नेपाली काँग्रेस १३६ पालिकामा विजयी भइसकेको छ । काँग्रेसले १७२ पालिकामा अग्रता बनाइरहेको छ । काँग्रेस स्थानीय चुनावमा पहिलो दल बन्ने निश्चितप्रायः भएको छ । काँग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा पनि फराकिलो अग्रता बनाइरहेको छ । नेकपा एमालेले ९० पालिका जित्दा १०१ मा अग्रता बनाइरहेको छ । एमाले दोस्रो […]

कुन पार्टीले कति स्थानमा जिते ? यस्तो छ पछिल्लो अपडेट

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि ...