६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १०