काठमाडौं : प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २ हजार १८७ पुरूष र २२५ महिला छन्।१३ जिल्ला रहेको बागमती प्रदेशमा प्रतिनिधिसभाका ३३ वटा निर्वाचन क्षेत्र छन्। देशको मुख्य राजनीतिसमेत रहेको बागमती प्रदेशमा रोचक प्रतिस्पर्धा हुँदैछ।काठमाडौं१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ‘हेविवेट’ नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ। स्वतन्त्रको बिगबिगी रहेको काठमाडौंको निर्वाचनलाई देशभरिबाट चासोका साथ हेर