सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।

सम्बन्धित सामग्री

सरकारलाई दिएको समर्थन कायमै राख्ने जनमतको निर्णय

काठमाडौं,१९ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले संघ र प्रदेश दुबै तिर सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय भएको पार्टी प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए। बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अभियान अगाडि बढाउने […]

सरकारलाई जनमत पार्टीको समर्थन कायमै छ : अब्दुल खान

काठमाडौं, ४ जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत् रहेको बताएका छन् । ‘प्रधानमन्त्रीसँग हिजो र अस्ति हाम्रो पार्टी अध्यक्षको बैठक भयो । अध्यक्षजीले सरकारको साझा कार्यक्रम र नीतिबारे सुझाव दिनुभएको छ । सरकारलाई पार्टीको समर्थन कायमै छ । सरकारमै रहँदा देश र जनताका […]

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा मौन

सरकारमा सहभागी भएर बाहिरिए पनि समर्थन कायमै राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता गठबन्धन दलिए पनि वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थ फिर्ता लिंदै सरकारबाट बाहिरिए पनि संसदको चौथो ठूलो दल रास्वपाले भने तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार पार्टी …

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने, राष्ट्रपति चुनावमा भने अनिर्णित

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन कायमै राख्नेभएको छ ।  सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । उहाँले बैठकले राष्ट्रपति चुनावका लागि नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने भन्नेबारेमा कुनै निर्णय लिइ नसकेको स्पष्ट पार्नुभ...

सरकारलाई दिएको समर्थन कायमै : जनमोर्चा

एमसिसी अनुमोदनप्रति असन्तुष्टि जनाउँदै पाँचदलीय गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय लिएको छ । देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने...

महन्थ पक्षले देउवालाई दिएको समर्थन कायमै राख्ने, सरकारमा सहभागी हुन सकारात्मक

महन्थ ठाकुरको नेतृत्वमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको समर्थन कायमै राख्ने भएको छ ।  देउवा नेतृत्वको सरकारमा सहभागी हुने बारेमा समेत सो दलले सकारात्मक संकेत देखाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउँसो भएको भेटमा अध्यक्ष ठाकुरले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका थिए ।  ‘राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिनु भएकोमा धन्यवाद, सरकारलाई दिएको समर्थन कायमै राख्छौँ,’ ठाकुरकोे भर्ना उद्धृत गर्दै स्रोतले भन्यो । सोमवार अपरान्ह भए...

संसदको रक्षा गर्न सरकारलाई समर्थन कायमै : शक्ति बस्नेत

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् । ‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र […]

कर्णालीमा फुट्यो एमाले, मुख्यमन्त्री शाहीलाई नेपाल पक्षको समर्थन कायमै

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन कायमै रहेको बताएको छ । बुधबार एमाले प्रदेश संसदीय दलले मुख्मन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाए लगत्तै मन्त्रीसमेत रहेका नेपाल पक्षीय नेता प्रकाश ज्वालाले सो निर्णयको अवज्ञा गर्ने बताएका छन् । नेपाल समूहको भेलामा सहभागी हुन काठमाडौं आएका कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेपाल समूहका नेता ज्वालाले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् । बुधबार एमालेको ओली पक्षका सांसद एवं एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूको बैठकले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने र पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, नेपाल समूहले भने त्यसलाई पार्टीको नभइ गुटको निर्णयको संज्ञा दिएको छ। प्रदेश सभामा एमालेका २० जना सांसद छन् । त्यसमध्ये राजबहादुर शाही सभामुख छन् । कुल ४० प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि २१ मत आवश्यक पर्छ । माओवादी केन्द्रका १३ जना सांसद छन् । शाहीलाई मुख्यमन्त्री निरन्तरताका लागि ८ मत आवश्यक पर्छ । एमालेका सभामुखबाहेक १९ सांसदमध्ये नेपाल पक्षमा ८ जना खुलेका छन् । यसअघि नेपाल समूहमा खुलेकी पद्‌मा खड्का ओली समूहमा लागिसकेकी छन् भने नेपाल समूहमै रहेका दल रावल र नन्दसिंह बुढा पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी भएका छैनन् । प्रदेश सरकारमा एमालेका तर्फबाट ज्वाला, रावल र बुढा मन्त्री छन् । ओली पक्षले बोलाएको संसदीय दलको बैठकले पाँच दिनभित्र मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ।

योगेश भट्टराईले भने-कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै छ

नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताएका छन् ।