काठमाडौं । जोडले हावा चलिरहेको छ । हावाको वेग सुन्दा लाग्छ– गगनचुम्बी सेता हिमालमा लागिरहेको सिरेटो हो । नभन्दै हावा मत्थर हुन्छ । हिमालको हिउँ पग्लिएर बग्न थाल्छ ।
बगिरहेका हिउँ–हिँउबीच वार्तालाप हुन्छ । उनीहरू एक अर्कालाई भन्छन्, “हिमालमा मेरो विश्राम सकियो अब यात्रा फेरि सुरु हुने छ ।”
पंख फिजाए जस्तोगरी स्वतन्त्र रूपमा आफ्नो शरीर फिजाएर...