'हिउँको पृथ्वी यात्रा' ले भन्दैछ : प्रकृतिको संरक्षण नगरे मानव जीवन पनि संकटमा पर्नेछ

काठमाडौं : मञ्चको पर्दा खुल्छ। पर्दा खुलेसँगै देखिन्छ सेतो अनि चम्किलो हिमाल। हिमालमा बेस्सरी सिरेटो चल्छ। बिस्तारै हावाको गति मत्थर हुँदै जान्छ। हिउँ पग्लेर पानी हुँदै नदी बन्छ। अनि पृष्ठभूमिबाट गीत गुञ्जिन्छ : म सूर्यको न्यानो हिमालको गाजल मेरो अस्तित्व थोपा थोपा चिसो बरफ म तरल, उष्म बादल मेरो व्यक्तित्व…