काठमाडौं : यतिवेला राजधानीका नाटकघरहरूमा फरक फरक स्वादका ४ नाटक मञ्चन भइरहेका छन्। सर्वनाम थिएटरमा ‘सपना अनेक अनेक’, मण्डलामा ‘खुवालुङ’, शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ र पुरानो घरमा ‘सिटामोल’ एकसाथ मञ्चन भइरहेका नाटक हुन्। सपना अनेक अनेकसर्वनामका संस्थापक अशेष मल्ल निर्देशित गीतिनाटक 'सपना अनेक अनेक' कोरोनाकालपछि सर्वनाममा मञ्चन भएको पहिलो नाटक हो। साथै ४० वर्षदेखि रंगकर्ममा सक्रिय मल्ल र सर्वनामको पहिलो गीतिनाटक पनि हो