दाङ – बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेकाे आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाकाे समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की...