बङ्गलादेशमा प्रहरी र प्रदर्शनकारीबिच झड्प

ढाका । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झड्प हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रुग्याँसलगायत प्रहार गरेको थियो । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरू आन्दोलित भएका छन् । स्थानीय टेलिभिजनहरूले प्रदर्शन र झड्पको प्रत्यक्ष प्रसारण गरेका थिए । झड्पपछि आन्दोलनकारीहरू थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झड्प भएको बताएको छ । “उनीहरूलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा–नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरूलाई रोकेका हौँ” एक प्रहरी अधिकारीले भनेका छन् । विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिए । घाइते हुनेमा वरिष्ठ नेताहरूसमेत रहेको उनले बताए । प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गरे । प्रदर्शनकारीहरूले प्रेस क्लबमा मानव साङ्लो बनाएका थिए । प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो कि भन्ने आशङ्का उब्जाएको टिप्पणी गर्नुभयो । (रासस–एएफपी)

सम्बन्धित सामग्री

पर्सामा घुमुवा प्रहरी रहँदैनन् : प्रहरी प्रमुख ढुंगेल

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले नेपाल प्रहरीमा सूचना संकलन गर्नका लागि युनिट नै रहेकाले घुमुवा प्रहरी नरहने बताएका छन्। करिब एक महिना अगाडि प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक ढुंगेलले सूचना...

प्रहरी चौकीमा ताल्चा लगाएर सदरमुकाम आए प्रहरी

हुम्लाको  नाम्खा गाउँपालिका – ५ को हिल्सा , ६ को लिमीस्थित  सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी  सदरमुकाम सारिएको छ । अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् । जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न स

प्रहरी महानिरीक्षक सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया सम्पन्न

बाँके,१८ मंसिर । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गरेका छन्। प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका […]

प्रहरी महानिरीक्षक सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगन्जको शुक्रबार निरीक्षण भ्रमण गरेका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीका बीचमा झडप : आठ प्रहरी घाइते

काठमाडौँ,३० साउन । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत […]

थाम्बुचेतमा प्रहरी र स्थानीयबीच झडप, प्रहरी निरीक्षकसहित आठ प्रहरी घाइते

रसुवा,साउन ३० । उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् । आन्दोलनरत […]

थाम्बुचेतमा प्रहरी र स्थानीयवासीबीच झडप, आठ प्रहरी घाइते

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको बताइएको छ । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन् ।     आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो । घा

प्रहरी महानिरीक्षक सिंहद्वारा प्रहरी अस्पतालको निरीक्षण

काठमाडौं, २७ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गरेका थिए । निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई […]

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताए । “यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो

प्रहरी दिवसमा गुल्मीका ७ प्रहरी अधिकृत तथा जवान पुरस्कृत

गुल्मी । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्ने ७ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ । बुधबार नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उदाहरणीय र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार […]