काठमाडौं: गत जुलाईमा भएको सांघाई कोअपरेसन अर्गनाइजेसनको परराष्ट्र मन्त्रीस्तरीय बैठकमा संगठनमा नेपाल डायलग पार्टनरबाट अब्जर्भर राष्ट्रको स्तरोन्नति गर्नेबारे छलफल भयो।
उज्वेकिस्तानको तास्केन्तमा भएको सो बैठकमा नेपाल, कम्बोडिया, अर्मेनिया र अजरबैजानलाई अब्जर्भर राष्ट्रको रुपमा अपग्रेड गर्ने विषयमा छलफल भएको थियो। यो छलफलसँगै संगठनमा नेपालको अपग्रेड हुनेमा विश्वास बलियो बन्दै आएको थियो। परराष्ट्र…