काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा माधव नेपाल समूहको रिट निवेदन दर्ता भएन। नेपाल समूहले फागुन २८ गतेयता अध्यक्ष ओलीले गरेका निर्णय र स्पष्टीकरणविरुद्ध निवेदन दर्ता गर्न खोजेका थिए। नेपाल समूहनिकट अधिवक्ता टीकाराम भट्टराईले देखापढीसँग भने, "कर्मचारीले अध्ययनकै क्रममा रहेको भने र समय अभावका कारणले निवेदन दर्ता हुन पाएन। अब भोलि दर्ता होला," उनले भने।