काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुने अथवा बस्नेबारे सोमबार निर्णय हुन सकेन । प्रतिनिधिसभा विघटन मुद्दाको पेशी स्थगित गरिएको हुनाले आज त्यसबारे निर्णय हुने अपेक्षा गरिएको थियो । तर, साँझसम्म त्यसबारे कुनै निर्णय नभएको सर्वोच्च अदालतका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । इजलास बस्नुअघि न्यायाधीशहरूले बेन्च छाड्ने वा नछाड्ने भन्नेबारे निर्णय हुने बताइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बेन