काठमाण्डाै – ओमानले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको जोखिम बढेकाले भारत, पाकिस्तान र बङ्गलादेशबाट आउने यात्रुलाई रोक लगाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिबन्ध आउँदाे शनिवार (पर्सि) देखि लागू हुनेछ । यस्तै २४ घण्टामा भारत, पाकिस्तान र बङ्गलादेशमा ट्रान्जिट परेका यात्रुलाई पनि यो प्रतिबन्ध लागू हुनेछ । तर ओमानका नागरिक, राजनितिक व्यक्ति तथा स्वास्थ्य कार्यकर्तालाई भने यो प्रतिबन्ध लागू हुने छैन । यद्यपि उनीहरूको स्वास्थ्य जाँच भने अनिवार्य हुनेछ ।
...