बिदामा बसेका न्यायाधीशलाई पनि प्रधानन्यायाधीशले पेसी तोके

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिदामा बसेका न्यायाधीशलाई पनि पेसी तोकेका छन् । मंसिर १ गते बुधबारका लागि न्यायाधीश हरिकृष्ण कार्की बिदामा बसेका भए पनि उनलाई पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबराले बुधबारका लागि तोकेका पेसीमा न्यायाधीश कार्कीलाई एकल इजलासमा पेसी तोकिएको छ । कार्कीलाई बुधबारका लागि ४ वटा पेसी तोकिएको छ । उनलाई उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास विपक्षी रहेको उत्प्रेषणको माग भएको मुद्दा, राष्ट्रपति कार्यालय विपक्षी रहेको अधिवक्ता दीपकविक्रम मिश्रको परमादेश माग गरि

सम्बन्धित सामग्री

बिदामा बसेका न्यायाधीशकोमा सन्दीपको पेसी परेपछि आजको बहस स्थगित

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार नहुने भएको छ। यसअघि पटक-पटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन। सोमबार सन्दीपको मुद्दा स्थगितमा परेको हो। गोलाप्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो […]

प्रधानन्यायाधीश बिदा बसेर कामु नतोकेपछि सर्वोच्चमा अन्यौल, छलफलमा न्यायाधीशहरु

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बसेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकेपछि सर्वोच्च अदालतमा मुद्धाको पेसी तोक्ने प्रकृयामा अन्यौलता देखिएको छ। प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण देखिएपछि अस्पत्ताल भर्ना हुँदासमेत विदा बसेर कामुको...

गोलाको पेसी खै श्रीमान् ?

काठमाडौँ– न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले बुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गर्‍यो । तर विडम्बना ! नियमावली संशोधन गर्दै बुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ । कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा बिदामा छन् । प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइबाट आफूलाई अलग गरेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेसी तोक्ने र संवैधानिक इजलासको नेतृत्व गर्नेछन् । वरिष्ठ न्यायाधीश कार्कीको नेतृत्वमा अन्य चार जना न्यायाधीशसहितको […] The post संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

काठमाडौं : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिएका छन्।जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उनी इजलासमा नबस्ने भएका हुन्। निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिएका छन्।यस्तै मुद्दाको फैसला हुने दिन जबरा बिदामा बस्ने भएका छन