काठमाडौं : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिएका छन्।जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उनी इजलासमा नबस्ने भएका हुन्। निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिएका छन्।यस्तै मुद्दाको फैसला हुने दिन जबरा बिदामा बस्ने भएका छन