काठमाडौँः संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशी आजदेखि बिदामा बसेका छन्। संवैधानिक प्रावधान अनुसार शनिबार साँझ कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदामा बस्ने जानकारी गराएका हुन्। उनले १५ दिनका लागि बिदामा बस्ने जानकारी गराएका छन्।
पढ्नुस्ः संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधीश