सडक, सशस्त्र संघर्ष, सदन र सत्ता मार्फत कम्युनिष्ट आन्दोलनलाई मलजल गर्दै आएका नेपालका कम्युनिष्ट पार्टीहरु यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । आफूलाई ठूलो कम्युनिष्ट पार्टी दाबी गर्दै आएको नेकपा एमाले यतिबेला चरम गुटवन्दीमा फसेको छ । पछिल्लो समय ‘टिट फर ट्याटुको रणनीति लिंदै दस्ता, फोर्स घोषणा गर्ने प्रतिस्पर्धाले नेपालको कम्युनिष्ट आन्दोलन थप ‘अराजकता’तर्फ उन्मुख भएको हो कि भन्ने आशंकालाई बल पुर्याएको छ ।