अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैल्याउने काम गरेको दाबी समेत गरे । उनले सो सम्झौतालाई इन्डो–प्योसेफिक स्ट्राटिजीसँग जोडेर हेर्न नहुने बताए । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नु नपर्ने स्पष्ट पारे । यो सम्झौता दुई मुलुकबीचको पार्टनरसिपमा अगाडि बढ्ने उनको बुझाई थियो । प्रस्