काठमाण्डाै – अमेरिकाका लागि प्रस्तावित राजदूत प्राेफेसर श्रीधर खत्रीले नेपालले अमेरिकी सहयाेग मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) लिने वा नलिने अमेरिकालाई प्रष्टसँग भन्नुपर्ने बताउनुभएको छ । आज सोमवार संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले एमसीसीबारे नेपाल र अमेरिका दुवै देशका अधिकारीहरूले भ्रम फैलाउने काम गरेको दाबीसमेत गर्नुभयो । उहाँले याे सम्झौतालाई इन्डो–प्यासेफिक रणनीतिसँग जोडेर हेर्न नहुने बताउनुभयो । प्रस्तावित राजदूत खत्रीले एमसीसी अनुदान भएको र ऋण तिर्नुनपर्ने स्पष्ट पार्नुभयो ...