कोरोनाको दोस्रो लहरमा के गर्दैछन् पर्वतका स्थानीय तह?

पर्वत : कोरोना संक्रमण फैलिएपछि गत आर्थिक वर्षमा जिल्ला सदरमुकाम कुस्मा बजार सहित स्थानीय तहमा पनि विद्यालयहरूलाई नै क्वारेनटाइन र आइसोलेसनको रूपमा प्रयोग गरिएको थियो।संक्रमण दर कम हुँदै गएपछि होटलहरुमा राखिएका पुलिङ क्वारेनटाइन हटाइएका छन् भने विद्यालय सुचारु भएपछि विद्यालयमा राखिएका आइसोलेसन वार्ड र क्वारेनटाइन पनि हटाइएका छन्।भारत तथा तेस्रो मुलुकबाट आएकाहरूलाई राख्नको लागि सदरमुकाम कुस्मा बजारमा जिल्लाका सात ओटै स्थानीय तहको लगानीमा शिवालय मावि कुस्मा, वन्दना होटेल कुस्मा र ब्लु एन्जल रिसोर्

सम्बन्धित सामग्री

बजेटको तयारीमा पर्वतका स्थानीय तह

यहि असार १० गते भित्र स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुप यतिबेला पर्वतका सातवटै स्थानीय तह योजना संकलन र छलफलमा जुटेका छन् । टोल टोल र वडा तहबाट संकलन गरिएका योजनालाई एकीकृत गरी प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्न यतिबेला जनप्रतिनिधि र कर्मचारलाई भ्याइनभ्याई छ । पर्वतका स्थानीय […]

डेंगु जोखिम नियन्त्रणमा मौन पर्वतका स्थानीय तह

पर्वत : जिल्ला स्वास्थ्य कार्यालय पर्वतलाई मङ्गलवार नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा पर्वतले डेंगु रोगको सङ्क्रमण बढ्दै गएकोप्रति केही गर्नका लागि भन्दै ध्यानाकर्षण पत्र बुझायो।पत्रमा विगत केही वर्षदेखि कोभिडको महामारीबाट आक्रान्त भएको नेपालमा यस वर्ष फेरि डेंगुको प्रभाव बढ्दै गएकोले थप फैलिन नदिनको लागि स्वास्थ्य कार्यालयबाट आवश्यक पहल कदमी समयमा नै होस भनी माग गरिएको थियो।बुधवार लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले डेंगु लाग्न सक्ने कारण, सङ्क्रमण भइहालेमा अपनाउनुपर्ने विधिलगायतको बारेमा माइक

पर्वतका सात वटै पालिकाको कार्यपालिकामा एमालेको एकल बहुमत

पर्वत । पर्वतका सात वटा स्थानीय तहका कार्यपालिकामा एमालेले जित निकालेको छ । सात मध्ये पाँच स्थानीय तहमा प्रमुख गुमाएको नेकपा(एमाले)ले कार्यपालिकामा भने बहुमत हासिल गरेको हो । एमालेले पर्वतका ७ स्थानीय तह मध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको छ । पर्वतमा दुई पालिकामा कार्यपालिका सदस्य पदमा एमालेका उमेदवार नै सर्बसम्मत […]

पर्वतका बैंकमा अत्याधिक घुइँचो, सेवाग्राहीलाई सास्ती

कुश्मा नगरपालिका–३ दुर्लुङकी तारादेवी पौडेलले शनिबार लामो समय पालोमा बसेपछि सामाजिक सुरक्षा भत्ता पाइन् । दशैंका लागि आवश्यक पर्ने खर्च निकाल्न आएकी उनीजस्तैका भीड बैंकमा भएका कारण धेरैले समयमा नै सेवा पाउन सकेनन् ।पर्वतमा सामाजिक सुरक्षा भत्ता निकासाका लागि स्थानीय तह र वडाअनुसार दिन मिलाएर पालो तोकिएको छ । यहीअनुसार कुश्मास्थित मेगा बैंकमा दुर्लुङको पालो […]

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

पर्वत, १६ साउन : नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् । पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा […]

कोरोना नियन्त्रणको प्रयासमा बल्ल जुट्दैछन् पर्वतका स्थानीय तह

न्युज अफ नेपाल, पर्वत । कोरोना रोकथाम तथा नियन्त्रणको लागि संक्रमणको पहिलो लहरमा सक्रिय भएका पर्वतका स्थानीय तह दोस्रो लहरमा भने बल्ल नियन्त्रण प्रयासमा जुट्न थालेका छन् । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि पछिल्लो समयमा मात्रै पर्वतका स्थानिय तहले संक्रमण नियन्त्रणका लागि प्रयास थालेका हुन् । पर्वतका स्थानिय तहले अस्थायी अस्पताल निर्माण गर्ने, गाउँगाउँमा पुगेर […]

कोरोना नियन्त्रणको प्रयासमा  जुटे पर्वतका स्थानीय तह

पर्वत : कोरोना रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रमणको पहिलो लहरमा स्थानीय तहले जसरी काम गरेका थिए त्यही तरिकाको काम दोस्रो लहरमा देखिएको छैन।सङ्क्रमणको अवस्था सामान्य रहेको पहिलो चरणमा तीव्रताका साथ काम गरेका स्थानीय तहहरू दोस्रो लहरको बेलामा केही अलमलमा परेको जस्तो देखिएको छ। पहिलो चरणमा राहत वितरण, अन्य ठाउँबाट गाउँमा भित्रिएकाहरूको तथ्याङ्क र उनीहरूको निगरानीको काम, आइसोलेसन र क्वारेनटाइनको काममा निकै ध्यान दिइएको पाइएको भए पनि दोस्रो लहरमा भने ती कामहरू हुन सकेका छैनन्।पहिलो चरणमा सदरमुकाम क

अस्पताल बनाउँदै पर्वतका स्थानीय तह

पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् । गतवर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गतवर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् । जिल्लाको महाशिला गाउँपालिकाले वडा नं ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले यसअघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए ।  जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको बताएको छ ।  पालिकासँग अक्सिजनका दुईओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देवीन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ । मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको उनले बताए ।   विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेसन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधि उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ । सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजार क्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आईसीयूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्नेबारे छलफल भइरहेको छ ।

कोभिड अस्पताल बनाउँदै पर्वतका स्थानीय तह

वैशाख २६, पर्वत । पर्वतका स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिड अस्पताल बनाउन थालेका छन् । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि जिल्लाका सातै स्थानीय तहले अस्पताल बनाउन लागेका हुन् ।  गत वर्ष गुप्तेश्वर क्याम्पसमा बनेको कोभिड अस्पताल अहिले विस्थापित भइरहेको छ । उक्त अस्पताल सातै स्थानीय तहको आर्थिक सहयोगमा निर्माण भएको थियो । गत वर्ष निर्मित अस्पताल विस्थापित भएपछि यस वर्ष स्थानीय तहले एकल लगानीमा अस्पताल चलाउन थालेका हुन् ।  जिल्लाको महाशिला गाउँपालिकाले वडा ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । पालिकाले १० ओटा अक्सिजन सिलिन्डरको समेत जोहो गरेको प्रवक्ता जीवनविक्रम उचै ठकुरीले बताए । पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव लामिछानेले यस अघिको ५ बेड क्षमताको अस्पताललाई विस्तार गर्दै अक्सिजन सिलिन्डरसमेत राख्ने तयारी थालेको बताए । जलजला गाउँपालिकाले ५ बेडको अस्पताल तयार गरेको जानकारी दिएको छ । पालिकासँग अक्सिजनका २ ओटा मात्रै सिलिन्डर रहेको प्रवक्ता देविन्द्रबहादुर भण्डारीले बताए । उनका अनुसार पालिकाले अरू अक्सिजन सिलिन्डर खरीद गरेर व्यवस्थापनको तयारी गरेको छ ।  उता मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार तिलाहारको पुरानो स्वास्थ्यचौकीमा १० बेडको अस्पताल तयारी अवस्थामा रहेको छ । अक्सिजनको कमी देखिएकाले अक्सिजनसहितका बेड तयारी अवस्थामा राखेको लामिछानेले बताए ।   बिहादी गाउँपालिका अध्यक्ष कमल भुसालले यसअघि नै तयार गरेको आइसोलेशन बेडलाई अक्सिजन लगायत पूर्वाधार थपेर व्यवस्थित बनाउने तयारी थालिएको बताए । अस्पतालका लागि आवश्यक औषधी उपकरण खरीद गर्ने कार्यपालिकाले निर्णय समेत गरिसकेको छ ।  सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले यसअघि गुप्तेश्वर क्याम्पसमा निर्माण गरिएको अस्पतालका संरचनालाई स्थानान्तरण गरी ठूलीपोखरी वा बजारक्षेत्रमै अस्थायी अस्पताल निर्माणको तयारी गरिरहेको नगर प्रमुख रामचन्द्र जोशीले बताए । नेपाली काँग्रेसको नवनिर्मित भवनमा पनि कोभिड अस्पताल चलाउने बारेमा छलफल चलेको नगरप्रमुख जोशीले जानकारी दिए ।  जिल्ला अस्पतालमा १० बेडको भेण्टिलेटर र आइसियूसहितको बेड भएकाले ठूलीपोखरीका रहेको प्राथमिक स्वास्थ्य केन्द्र वा बजार क्षेत्रभन्दा बाहिर खोल्ने बारे छलफल भइरहेको छ ।

अक्सिजनसहितको अस्पताल सञ्चालन गर्दै स्थानीय तह

दुर्गाप्रसाद शर्मा, पर्वत कोरोनाको दोस्रो लहर गाउँ–गाउँमा समेत फैलिएपछि पर्वतका सातवटै स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न थालेका छन् । पर्वतका जलजला, मोदी, फलेबास, महाशिला, बिहादी र पैयुँ गाउँपालिकाले अस्थायी अस्पताल बनाएका छन् ।पर्वतका सबैजसो पालिकाले ५ बेडको अस्थायी अस्पताल सञ्चालन गरे पनि जनशक्तिको अभावमा संक्रमित भने उपचारका लागि जानुभन्दा होम आइसोलेसनमा बस्न थालेका […]