वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

पर्वत, १६ साउन : नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न समस्या भइरहेका बेला पर्वतका स्थानीय तहहरुले वैकल्पिक विधिबाट पठनपाठन गराउन थालेका छन् । पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा […]

सम्बन्धित सामग्री

तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकुल । करोडौँ लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ ।

भक्तपुरमा तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौन

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौं लगानी, सुन्दर वातावरण र संस्कारसहितको गुणस्तरीय शिक्षाका नाममा सञ्चालित उक्त विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ८ सम्म सञ्चालनमा छ । विद्यालयले यस वर्षदेखि कक्षा ९ सम्म भर्ना लिने जनाएको छ । तर, विडम्बना करीब तीन सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय आजसम्म पनि अवैध छ । दर्ताबिना सञ्चालनमा छ ।  त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्य कस्तो हुने हो, पछि आउने समस्याको दोषी को हो ? यसको सवाल विद्यालय सञ्चालक, विद्यालय अनुगमन गर्ने निकाय, विद्यालय दर्ता गर्ने नगरपालिका वा अभिभावक कसैलाई पत्तो छैन । चिन्ता त त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको छ ।  कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना लिइरहेको संस्कार गुरुकुल त एउटा उदाहरण मात्रै हो । मध्यपुरथिमि नगरपालिकामा मात्रै मन्टेश्वरी र प्ले ग्रुपको नाममा यस्ता विना दर्ता सयभन्दा बढी विद्यालय सञ्चालनमा छन् । जिल्लाका चारवटै पालिकामा तीन सयभन्दा बढी यस्ता विद्यालय दर्ता नगरी सञ्चालनमा छन् । तर, जिम्मेवार निकाय नगरपालिका बेखबर बनिरहेको छ ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालय अनुगमन शुरु गरेको बताए । विना दर्ता अवैध रूपमा मन्टेश्वरी विद्यालयका नाममा धेरै स्कुल सञ्चालनमा रहेको जानकारी पाएको भन्दै उनले आजदेखि शुरु हुने अनुगमनबाट त्यस्ता विद्यालयलाई आवश्यक कारबाही गरिने बताए ।  कुनै पनि विद्यालय सञ्चालन गर्न दर्ताका लागि नजिकैको दुई विद्यालयको सहमति अनिवार्य लिनुपर्ने शिक्षा ऐनमा व्यवस्था छ । तर, संस्कार गुरुकुलले त्यो प्रक्रिया पूरा गर्न नसक्दा दर्ता हुन नसकेको नगरपालिकाको भनाइ छ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दर्ता गर्ने तथा नियमन गर्ने निकायको कमजोरीले दर्ता विनाका विद्यालय सञ्चालन मौलाएको बताए । उनले भने, ‘जिल्लामा मन्टेश्वरीको नाममा कक्षा ५ सम्म विद्यार्थी भर्ना धेरै विद्यालय छन्, दर्ता विना सञ्चालनमा रहेका अवैध विद्यालयलाई प्रक्रिया पु¥याएर कि सञ्चालनको अनुमति दिनुपर्छ कि कारबाही गर्नुपर्छ, स्थानीय तहले टुलुटुलु हेरेर बस्न मिल्दैन, त्यहाँ विद्यार्थीको भविष्य जोडिएको हुन्छ ।’ सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा पनि यस्ता विना दर्ताका मन्टेश्वरी र प्रिस्कुलका नाममा विद्यालय प्रशस्तै रहे पनि नगरपालिकाले अनुगमन र कारबाही भने गर्न नसकेको उनको भनाइ छ ।  कडा अनुगमनका बीचमा पनि भक्तपुर नगरपालिका क्षेत्रमा पनि मन्टेश्वरीका नाममा धेरै विद्यालय सञ्चालनमा छन् । अनुगमनमा भेटिएका यस्ता विद्यालयलाई कारबाही नगर्न विभिन्न बहाना बनाएर नगरपालिकाका शिक्षा शाखाकै कर्मचारीले रोक्ने गरेको विद्यालय सञ्चालक नै बताउँछन् । ‘विद्यालय चलाउँदै गर्नुस्, हामी मिलाएर दर्ता गरौंला’ भनी मध्यपुरथिमि नगरपालिकाका शिक्षा शाखाका प्रमुखले नै भन्ने गरेको विद्यालय सञ्चालकले जानकारी गराएका छन् । रासस

विद्यालय र स्थानीय तह

अहिले स्थानीय तहभित्र एउटा बहस चलिरहेको छ– कोरोना संक्रमणको अवस्था विश्लेषण गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिनुपर्छ कि पर्दैन । केही स्थानमा स्थानीय तहले निर्णय गरी जोखिम कम भएको क्षेत्रमा विद्यालय सञ्चालन पनि गरे । तर सरकारले केन्द्रको निर्णय बेगर विद्यालय खोलेको आरोप लगाउँदै विद्यालय बन्द गर्ने निर्देशन दियो । शिक्षा, विज्ञान तथा प्रविधि […]

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्था सञ्चालन गर्ने तयारी

भदौ २७, चितवन । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।  जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जानकारी दिएको छ ।  कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । उनले भने, ‘एउटा कक्षामा २५ विद्यार्थी सहभागी बनाइ अध्ययन अध्यापन शुरु गर्ने तयारीमा छौ ।’ एउटा बेन्चमा दुई जना राख्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो । स्वास्थ्य कार्यालय, स्थानीय प्रशासन, स्थानीय तह र एकाइको समन्वयमा विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्न लागिएको हो । विद्यालय सञ्चालन गर्दा प्रर्याप्त मात्रामा साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने उनले जानकारी दिए । उनले भने, ‘विद्यार्थीले माक्स र फेस सिल्ड आफैले व्यवस्था गर्नुपर्ने हुन्छ ।’   भरतपुर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार महानगरमा विद्यालय सञ्चालनका लागि १५ बुद्धे मापदण्ड तयार गरिएको छ ।  मापदण्डअनुसार असोज १ गते कक्षा ९ देखि १२ सम्म भौतिक रुपमा सञ्चालन गर्ने, त्यसपछि एक हप्ताको अवस्थाका आधारमा कक्षा ६ देखि ८ सम्म र बालविकास कक्षादेखि कक्षा ५ सम्म क्रमशः भौतिक रुपमा उपस्थित भई विद्यालय सञ्चालन गरिने जानकारी दिइएको छ ।  एक एक हप्ताको फरकमा अवस्था हेरेर भौतिक रुपमा कक्षा सञ्चालन गर्न लागिएको हो । विद्यार्थी न्यून भएका आधारभूत विद्यालयमा अवस्था हेरी आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गरिने उहाँले जानकारी दिए । एउटा कक्षा÷सिफ्ट÷समूहका विद्यार्थी बाहिरिने र अर्को भित्रिने समयावधि आधा घण्टा राखी विद्यालय सञ्चालन गरिने उनको भनाइ छ । ज्वारो आउने, जिउ दुख्ने जस्ता कोभिडको लक्षण देखिएका विद्यार्थी र शिक्षकको तत्काल एन्टिजेन परीक्षणका लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।  महानगरमा अहिले सामुदायिक र संस्थागत गरी २२० विद्यालय रहेका छन् । यहाँ ८८ हजार ७६५ विद्यार्थी अध्ययनरत रहेको पौडेलले बताए । जिल्लामा रहेका सातवटै पालिकाले विद्यालय सञ्चालनका लागि मापदण्ड तयार गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीकाराम चापागाईंले विद्यालय सञ्चालनका लागि आवश्यक तयारी थालिएको बताए । रासस

विद्यालय खोल्न पालिका हौसिए

भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्न सकिने गरी सरकारले ‘स्मार्ट लकडाउन’ कार्ययोजना बनाएपछि मुलुकभरका स्थानीय तह विद्यालय खोल्न हौसिएका छन् । काठमाडौं उपत्यकासहित विद्यार्थीको चाप धेरै रहेका सहरमा स्थानीय तहले पठनपाठन थाल्ने निर्णय गरेका छन् । शिक्षा मन्त्रालयले भने पूर्ण भौतिक उपस्थितिबाहेक सिफ्ट र आलोपालोसहितका अन्य विकल्पबाट पठनपाठन अघि बढाउन सकिने कार्ययोजना बनाएको थियो । तर, ५ महिनादेखि बन्द विद्यालय पूर्ण भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने तयारी थालिएको छ ।

विद्यालय खोल्न उपत्यकाका स्थानीय तह छलफलमा

काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाउने निर्णयसँग स्थानीय तहहरू भौतिक उपस्थितिमा विद्यालय सञ्चालनका लागि छलफलमा जुटेका छन् । कतिपय स्थानीय तहले भौतिक उपस्थितिमा विद्यालय सञ्चालनसमेत सुरु गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले मंगलबारदेखि विद्यालय सञ्चालन गर्दा...

भौतिक रूपमा नै विद्यालय सञ्चालन गर्न तयारीमा स्थानीय तह

दाङ – लामो समयदेखि भौतिक रूपमा कक्षा सञ्चालन हुन नसकेका विद्यालयहरू भौतिक रूपमा नै भौतीक रुपमा नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । कोभिडको सङक्रमण कम तथा शैक्षिक सत्र सुरु भएको लामो समय भइसकेको तर विद्यार्थीहरूको पढाइ असर पुग्न थालेको कारण स्थानिय तहहरूले विद्यालय सञ्चालन गर्न तयारी गरेका हुन । स्थानीय तहहरूले भौतिक रुपमा […]

स्थानीय तह र सीसीएमसीको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड सङ्कट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज काठमाडौमा बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो ।

कोरोना महामारीको जोखिम: कतै विद्यालय सञ्चालन, कतै बन्द

टीकापुर । सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन कैलाली जिल्लामा रहेका विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेपछि कैलालीका स्थानीय तह कसैले विद्यालय चलाउने त कसैले बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौंका सार्वजनिक स्थलमा होली खेल्न प्रशासनले लगायो रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत प्र.जि.अ. पराजुलीले अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, हात धुने लगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न समेत आग्रह गर्नुभयो । यस्तै कोभिड रोकथाम तथा नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइन, आइसोलेसन केन्द्रहरुको अवस्था के छ भन्ने सम्बन्धमा सबै स्थानीय तह मार्फत अनुगमन गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोही अनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्न समेत अनुरोध गर्नुभएको छ । यस्तै कोरोनाबाट थप जटिलता नआओस भन्नका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।