गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पछिल्ला दिनहरूमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरू सक्रिय भएको भन्दै उनीहरूलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्। गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नहरूलाई कारवाहीको माग गर्दै आज गृहमन्त्रालयमा विभिन्न ४८ वटा धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री बादलले घटनामा संलग्न भएको आरोपमा दुई जना…