अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्काले संसद् भवनमा भएको आक्रमणका लागि समर्थकहरूको आलोचना गरेकी छन् ।
उक्त घटनामा कम्तीमा चारजनाको ज्यान गएको छ र घटनालाई संसारभरि निन्दा गरिएको छ ।
इभान्काले ट्वीट गर्दै लेखिन्, ‘शान्तिपूर्ण विरोध देशभक्तिपूर्ण हुन्छ । हिंसा अस्वीकार्य छ र यसलाई कठोर शब्दमा भर्त्सना गरिनुपर्छ ।’
उनले थप लेखिन्, ‘अमेरिकी देशभक्तहरू, सुरक्षा भंग गर्ने वा कानून कार्यान्वयन अधिकारीलाई अपमान गर्ने काम अस्वीकार्य छ । हिंसा अस्वीकार्य छ । कृपया सम्मान देखाउनुस् ।&rsq...