नेपालमा अमेरिकी सहायता परियोजना “मिलेनियम च्यालन्ज कर्पोरेशन” (एमसीसी)का विषयमा नेपालमा भैरहेको बिरोध प्रदर्शनप्रति नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले चासो दिनुभएको छ । आज दूताबासको आधिकारिक ट्वीटर खाताबाट सन्देश जारी गर्दै राजदूत बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताउनुभएको छ । राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार …