एजेन्सी। टोकियो ओलम्पिकको उद्घाटन समारोहमा भारतको झण्डा चर्चिक बक्सिङ खेलाडी मेरी कोम र हकी टिमका कप्तान मनप्रित सिंहले बोक्ने भएका छन्। इन्डियन ओलम्पिक एसोसियसनले सोमबार ६ पटकको वल्र्ड च्याम्पियन कोम र सिंहले २३ जुलाईबाट सुरू हुने ओलम्पिकमा देशको झण्डा बोक्ने घोषणा गरेको हो। त्यस्तै समापन समारोहमा वल्र्ड च्याम्पियनसिपमा रजत पदक विजेता कुस्तीका बनरङ पुन्जाले भारतको झण्डा बोक्नेछन्।