बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण

बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन चुनौती देखिएको छ । उक्त अभियानको सफलताका लागि जिल्लाका विभिन्न सङ्घसंस्था, जनप्रतिनिधि, स्थानीय युवाले संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रम गरेपनि मुस्लिम र मधेसी समुदायमा बालविवाह रोक्न चुनौती देखिएको हो । अझै पनि मुसस्लम र मधेसी समुदायमा बालविवाह गर्दाका असर र समस्याबारे बुझाउन नसक्दा अभियान चुनौतीपूर्ण बनेको बाल अधिकारकर्मी साहिल …

सम्बन्धित सामग्री

पाँच वर्षदेखि बालविवाह न्यूनीकरण अभियानमा तमानखोला

ढोरपाटन– जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, […]

बालविवाह रोक्न पञ्चवर्षीय योजना तयार

सिमकोट – बालविवाह न्यूनीकरण गर्नका लागि पञ्चवर्षीय कार्ययोजना तयार गरिएको छ। गाउँगाउँमा बालविवाह बढ्दै जान थालेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार गरिएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले समाजमा बढ्दै गएको बालविवाहलाई रोकथाम गर्न पञ्चवर्षीय कार्ययोजना तयार गरिएको बताए। बीस वर्षपारि विवाह गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यो […]

जुम्लामा बालविवाह न्यूनीकरण गर्न अभियान थालिँदै

जुम्ला : जुम्लामा बालबालिकाको अधिकारका लागि साझा अभियान चलाइने भएको छ। बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाले अभियान चलाउन लागेका हुन्। यस्ता सबै गैरसरकारी संस्था एकजुट भएर बालविवाह न्यूनीकरण,  बाल हिंसालगायतका सवाल उठाउने भएका छन्।लामो समय बालबालिका तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संस्थाहरुले बालविवाह न्यूनीकरणका लागि सहकार्य गर्न लुज फोरमको गठनसमेत गरेका छन्।जसमा जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाइटी

बालविवाह न्यूनीकरण गर्न जुम्लामा साझा अभियान चलाइँदै

जुम्ला- जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनीकरणका लागि साझा अभियान चलाइने भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन् । यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन् ।जसमा पेस नेपालको […]

डोटीमा बालविवाह न्यूनीकरण गर्न मतदान

डाेटी - दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । यस वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि राेकथामका लागि बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो ।  बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदान गराइएकाे हाे ।  ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको हो । विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका सुनादेवी माध्यमिक विद्यालयका प्रधानाध्या...

दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान कार्यक्रम गरिएको छ । सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको सामुदायिक ग्रामीण विकास समाज नेपालका

बालविवाह न्यूनीकरणका लागि ११ बुँदे बेनी घोषणापत्र जारी

म्याग्दी - बालविवाह न्यूनीकरण गर्न म्याग्दीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । ३२ औं अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा बालविवाह रोक्ने उद्देश्यले किशोरी सम्मेलन गरिएको हो । सम्मेलनले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने, किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षालगायत विषय समेटिएको ११ बुँदे बेनी घोषणापत्र जारी गरेको सङ्गम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताउनुभयो । किशोरावस्थामा विवाह गर्दाका असर बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने, उमेर नपुगी हुन ल...

जुम्लामा ७० प्रतिशतको बालविवाह

जुम्ला : जुम्लामा ७० प्रतिशत विवाह बालविवाह हुने गरेको पाइएको छ।बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन्। केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ। सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन्।तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन। औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसकेको कारण बालविवाह न्यूनीकरण हुन नसकेको हो।आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान

हुम्लामा बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

सिमीकोट । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पुजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्त्वपूर्ण रहने हुँदा एकदिने प्रशिक्षण सम्पन्न गरिएको बताइएको छ । बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानुनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए । कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा वडा नं. ४, ५, र ६ का २५ पुजारी र धामीझाँक्रीको उपस्थिति थियो । (रासस)