जुम्ला : जुम्लामा बालबालिकाको अधिकारका लागि साझा अभियान चलाइने भएको छ। बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाले अभियान चलाउन लागेका हुन्। यस्ता सबै गैरसरकारी संस्था एकजुट भएर बालविवाह न्यूनीकरण, बाल हिंसालगायतका सवाल उठाउने भएका छन्।लामो समय बालबालिका तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संस्थाहरुले बालविवाह न्यूनीकरणका लागि सहकार्य गर्न लुज फोरमको गठनसमेत गरेका छन्।जसमा जुम्लामा कार्यरत संस्था पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाइटी