भारतमा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा तल

काठमाडौँ – भारतमा थप ७ हजार ११९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ७२३ जना निको भएका छन् भने ५५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा भारतमा मृत्यु हुनेको संख्या ५ लाख १४ हजार १०९ पुगेको छ । भारतमा कुल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार […]

सम्बन्धित सामग्री

भारतमा थप साढे साढे दुई लाख भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ११ माघ। पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजार ८७४ जना कोरोना संक्रमित थपिएका छन् ।आजको संक्रमण सोमबारको तुलनामा ५० हजारले कमी आएको हो । सोही अवधीमा २ लाख ६७ हजार संक्रमित निको भएका छन् । आज थप ६१४ जनाको भाइरस संक्रमणले मृत्यु भएको छ । भारतमा सक्रिय संक्रमित संख्या २२ लाख ३६ […]

भारतमा सक्रिय संक्रमित बढ्दै

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ८७ हजार पुगेको छ । २१ दिनको अन्तरमा सक्रिय संक्रमितको संख्या २१ गुणाले वृद्धि भएको हो । डिसेम्बर ३१ मा सक्रिय संक्रमितको संख्या १ लाखलाई छोएको थियो । जनवरी २१ मा उक्त संख्या २१ लाखलाई पार गरेको हो । योसँगै सक्रिय संक्रमितको संख्या पनि लगातार बढ्दै गाएको छ ।

भारतमा कोरोना भाइरसको सक्रिय संक्रमित ०.५६ % मात्र

कात्तिक १, नयाँदिल्ली(भारत)  । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसको संंक्रमणबाट मुक्त भएको परिवार कल्याण मन्त्रालयले  बताएको छ ।  हाल भारतमा सक्रिय संक्रमित कुल शून्य दशमलव ५६ प्रतिशत मात्र रहेको बताइएको छ ।      मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार हाल कोरोनाबाट निको भएकाहरु कुल कोरोना संक्रमितको ९८ दशमलव १२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त संख्या ३ करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले बताएको छ ।            भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ८० हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले बतएका छन् । यो संख्या २२१ दिन यताको सबभन्दा कम भएको बतइएको छ ।            यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल ४ लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । रासस/ एएनआई

भारतमा थप ३१ हजार ९२३ जनामा कोरोना संक्रमण पुष्टि

असोज ७, नयाँदिल्ली  । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । अधिकारीहरुले बिहीवार दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ३ लाख १ हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा संक्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महीना पछिकै सबैभन्दा कम भएको बताइएको छ ।            भारतमा सक्रिय संक्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ संक्रमितभन्दा दैनिक संक्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको शून्य दशमलव ९० प्रतिशत भएको बताइएको छ । सन् २०२० को मार्च महिनापछि अहिले सक्रिय संक्रमितको यो संख्या सवभन्दा कम हो ।             पछिल्लो २४ घण्टामा ३१ हजार ९९० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको देखिएको अधिकारीले बताएका छन् । योसँगै भारतमा अहिलेसम्म ३ करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म ४ लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको बताइएको छ ।            भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/  एएनआई

७० दिनमा भारतमा सबैभन्दा कम कोरोना संक्रमित

एजेन्सी। भारतमा लगातार पाँच दिन कोरोना संक्रमितको संख्यामा गिरावट आएको देखिएको छ। पछिल्लो २४ घण्टामा ७० दिनपछिकै सबैभन्दा कम ८४,३३२ संक्रमित भेटिएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमित २,९३,५९,१५५ पुगेका छन् भने मृतकको संख्या ३,६७,०८१ पुगेको छ। कोरोना जित्नेको दर ९५.०७ प्रतिशत पुगेको छ। अब भारतमा सक्रिय संक्रमित ११ लाखभन्दा कम छन्। संक्रमण दर ४.३९ प्रतिशतमा ओर्लेको छ।

मे दोस्रो सातातिर भारतको अवस्था झनै खराब हुनसक्ने

मे महिनाको दोस्रो सातातिर कोरोना महामारीबाट भारतको अवस्था अहिलेभन्दा पनि खराब हुनसक्ने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। दिल्लीस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले मे महिनाको १४ देखि १८ तारिखबीच त्यहाँ सक्रिय संक्रमित संख्या ३८ देखि ४८ लाखसम्म हुने आंकलन गरेका हुन्। अहिले भारतमा सक्रिय संक्रमित संख्या २८ लाख १३ हजारभन्दा केही धेरै छ।उनीहरूले महामारीको अर्को नयाँ लहर दुईदेखि तीन साताभित्रै आउने पनि चेतावनी दिएका छन्। आइआइटीका वैज्ञानिकहरूले तथ्यांक विश्लेषण गरी यो

कोरोनाको चपेटामा भारत

वैशाख १२, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । भारतमा सक्रिय संक्रमित अर्थात् […]