भारतमा कोरोना भाइरसको सक्रिय संक्रमित ०.५६ % मात्र

कात्तिक १, नयाँदिल्ली(भारत)  । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसको संंक्रमणबाट मुक्त भएको परिवार कल्याण मन्त्रालयले  बताएको छ ।  हाल भारतमा सक्रिय संक्रमित कुल शून्य दशमलव ५६ प्रतिशत मात्र रहेको बताइएको छ ।      मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार हाल कोरोनाबाट निको भएकाहरु कुल कोरोना संक्रमितको ९८ दशमलव १२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त संख्या ३ करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले बताएको छ ।            भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ४० लाख ८० हजारभन्दा बढी पुगेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले बतएका छन् । यो संख्या २२१ दिन यताको सबभन्दा कम भएको बतइएको छ ।            यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल ४ लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । रासस/ एएनआई