मे महिनाको दोस्रो सातातिर कोरोना महामारीबाट भारतको अवस्था अहिलेभन्दा पनि खराब हुनसक्ने त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। दिल्लीस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले मे महिनाको १४ देखि १८ तारिखबीच त्यहाँ सक्रिय संक्रमित संख्या ३८ देखि ४८ लाखसम्म हुने आंकलन गरेका हुन्। अहिले भारतमा सक्रिय संक्रमित संख्या २८ लाख १३ हजारभन्दा केही धेरै छ।उनीहरूले महामारीको अर्को नयाँ लहर दुईदेखि तीन साताभित्रै आउने पनि चेतावनी दिएका छन्। आइआइटीका वैज्ञानिकहरूले तथ्यांक विश्लेषण गरी यो