आज माघे संक्रान्ति पर्व मनाईदै

माघ १, काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ ।  यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।  बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ ।  यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमासमेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।  सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले ईच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ । माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्य अन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष माघ ३ गतेदेखि श्री स्वस्थानी व्रतकथा शुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ । यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महीनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन् । रासस

सम्बन्धित सामग्री

गोरखाका मगर समुदायले मनाए माघे संक्रान्ति

गोरखाका मगर समुदायले विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाएका छन्।

रुरु रिडी माघे संक्रान्ति मेला सुरु

रिडी माघे संक्रान्ति मेला आइतबार (आज)देखि सुरु भएको छ । चारधाममध्येको एक नेपालकै प्रसिद्ध रुरुधाममा कालिगण्डकी स्नान र भगवान ऋषिकेशलगायतका मठ मन्दिरमा माघे संक्रान्ति मेलाको तयारी पूरा भएको रुरु फ्रेण्डस क्लब रिडीले जनाएको छ । यो वर्ष मेला भर्न आउने दर्शनार्थीको भीड बढ्न सक्ने अनुमान आयोजकले गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमको […]

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […] The post आज माघे संक्रान्ति, सार्वजनिक बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज माघे संक्रान्ति, सार्वजनिक बिदा

काठमाडौं– आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर […]

हिडन एक्सन ले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा बाइक स्टन्ट गर्ने

भक्तपुरको बाइक स्टन्ट स्कूल हिडन एक्सनले सिक्लेस माघे संक्रान्ति मेला २०२३ मा फ्री स्टाइल स्टन्ट शो आयोजना गर्ने भएको छ।...

माघे संक्रान्ति : तरुल र चाकुको मस्त व्यापार (फोटो)

काठमाडौं :  माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ।कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ।कालीमाटीमा तरकारी व्यापार गर्दै आएका कृष्णप्रसाद पोखरेलले तरुल माघे संक्रान्तीमा मात्रै पाउने सिजन

माघे संक्रान्ति नजिकिएसँगै तरुल र चाकुकाे व्यापार बढ्याे

काठमाडाैँ- माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारमा तरुल र चाकुको व्यापार फस्टाएको छ। कालीमाटी तरकारी तथा फलफूल बजारमा माघे संक्रान्ति पर्वका लागि तरुल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ। तरुलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरू बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाहरूबाट तरुलहरू आइरहेको व्यापारीहरूको भनाइ छ। कालीमाटीमा तरकारी व्यापार […]

टुँडिखेलमा मगर समुदायको माघे संक्रान्ति पर्व (तस्बिरहरु)

काठमाडौँ – माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लासपूर्वक मनाउने गर्छन्। सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ। धेरै पर्व यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन्। मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवं त्रिवेणीमा […]

किन मनाइन्छ माघे संक्रान्ति?

काठमाडौँ-  काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार यतिबेला तरुलमय बनेको छ। माघे संक्रान्ति पर्वलाई लक्षित गरी कन्दमुलहरु भित्रिएसँगै बजार तरुलमय बनेको हो। तरुलहरुको पर्व समेत भनेर चिनिने माघे संक्रान्ति पर्वमा तरुलको माग उच्च हुने गरेको छ। माघे संक्रान्ति पर्वमा विशेषगरी कन्दमुल, चाकु, तिलका लड्डु लगायतका परिकारहरु खाने परम्परा छ। शरीरलाई न्यानो बनाउने यस प्रकारका परिकारहरुले […]