ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पायो पूर्वस्वीकृति

वैशाख २७, काठमाडौं । ङादी ग्रुप पावरले हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट  पूर्वस्वीकृतिपाएको छ । कम्पनीले आयोगबाट १  ः १ दशमलव ५ अनुपातमा हकप्रद निष्कासन गर्न  पूर्वस्वीकृति पाएको हो ।कम्पनीले अव नियामक निकाय नेपाल धितोपत्र  बोर्डमा  हकप्रद निष्कासनका लागि अनुमति माग्नु  पर्नेछ । कम्पनीले अव १ : १ दशमलव ५ अनुपातमा १ करोड ६० लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर  निष्कासन गर्ने छ ।  

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीमा वित्तीय व्यवस्थापन महत्त्वपूर्ण

अहिले कतिपय जलविद्युत् आयोजनाहरूले हकप्रद शेयर निष्कासन गरी आयोजनाको ऋण तिर्ने योजना बनाएको पाइन्छ । जसका लागि यतिखेर ११ ओटा जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीसमेत गरेका छन् । सोही विषयलाई लिएर तर्क, वितर्क पनि भइरहेका छन् । कतिपयले ऋण तिर्न हकप्रदको सहारा लिनु गलत भएको बताउने गरेका छन् । तर, हकप्रद शेयर जारी गरेर स्वपूँजी उठाउनुलाई अन्यथा मान्न नहुने कुरा यसमा बिर्सिएको देखिन्छ । आयोजना निर्माण होस् वा ऋण तिर्न, जलविद्युत् कम्पनीले हकप्रद शेयर जारी गर्न सक्छन् । तर, यसमा मुख्य कुरा वित्तीय व्यवस्थापन सही छ वा छैन भन्ने हो । वित्तीय व्यवस्था निकै प्राविधिक विषय भएकाले सोहीअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ । वित्तीय व्यवस्थापन सही छ भने ऋण तिर्न वा अन्य कामका लागि शेयर जारी गर्न सकिन्छ । मुख्य कुरा जनताबाट उठाइएको रकम केमा उपयोग गरिएको छ र जोखिमबाट बचाउन केकस्ता उपाय अवलम्बन गरिएका छन् भन्ने कुरा महत्वपूर्ण हो । कम्पनीलाई पैसा चाहिएको छैन वा ऋण तिर्नुपर्ने छैन भन्दैमा त्यो कम्पनी राम्रो हुने होइन । कम्पनीको वृद्धि र विकासका लागि पैसा त चाहिन्छ नै । जति बढी लगानी विस्तार हुन सक्यो कम्पनी त्यति बढी स्वस्थ हुन्छ । तर, पैसा उठाउने माध्यम आईपीओ, हकप्रद जे पनि हुन सक्छ ।  कम्पनीमा सुशासन छ, लगानी व्यवस्थापन सही ढंगले भइरहेको छ भने हकप्रद शेयर बेचेर ऋण तिर्नुलाई अन्यथा मान्न सकिँदैन । अहिले बैंकको ब्याजदर महँगो भएको हुँदा हकप्रदबाट रकम जम्मा गरेर ऋण तिर्न सके आयोजनालाई आर्थिक बोझ निकै कम हुन्छ । जलविद्युत् आयोजनाहरू स्वपूँजी र बैंकबाट ऋण लिएर निर्माण भएका छन् वा भइरहेका छन् । निर्माणको एउटा निश्चित चरणमा पुगेपछि यी कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणलाई शेयर जारी गर्छन् । यसरी उठेको पैसाले आयोजनाको बाँकी काम गर्ने गरेको पाइन्छ । जलविद्युत् आयोजना निर्माणका विभिन्न चरण हुन्छन् । ती चरणमध्ये नेपालमा निकै चरण पार गरेपछि मात्रै सर्वसाधारणलाई शेयर जारी गर्ने गरिएको छ । सर्वसाधारण लगानीकर्ताको हित सुरक्षाका लागि यसो गरिएको देखिन्छ । तर, कतिपय देशको अभ्यास हेर्ने हो भने शेयर जारी गर्न यति लामो समय पर्खनु पर्दैन । त्यसैले यस्तो आयोजनामा पूँजी जुटाउन निकै सहज छ ।  विद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै लगानी व्यवस्थापन हो । नेपालमा आयोजना निर्माणका लागि सम्झौता गरिसकेका कतिपय कम्पनीले लगानी व्यवस्थापन गर्न नसक्दा अनुमतिपत्र नै रद्द गरेको समेत देखिन्छ । कम्पनीमा सुशासन छ, लगानी व्यवस्थापन सही ढंगले भइरहेको छ भने हकप्रद शेयर बेचेर ऋण तिर्नुलाई अन्यथा मान्न सकिँदैन । अहिले बैंकको ब्याजदर महँगो भएको हुँदा हकप्रदबाट रकम जम्मा गरेर ऋण तिर्न सके आयोजनालाई आर्थिक बोझ निकै कम हुन्छ । उनीहरू ढुक्कसँग आयोजनाको काम अघि बढाउन सक्छन् ।  ऋण तिर्नका लागि हकप्रद जारी नगरे पनि कतिपय जलविद्युत् कम्पनीले धेरै वर्षदेखि अडिट नै नगरेको पनि पाइन्छ । अहिले विद्युत् नियमन आयोग बनेपछि यस्तो विकृतिमा केही कमी आएको छ । यस्तो प्रवृत्तिले भने जलविद्युत् कम्पनीमा समस्या आउँछ । लगानीकर्ताले यस्ता कम्पनीलाई पत्याएनन् भने तिनको शेयर विक्री नहुन पनि सक्छ । हकप्रद शेयर पनि नबिक्न सक्छ । त्यसैले लगानीकर्ता बढी सचेत हुनु आवश्यक छ । त्यसैले आमलगानीकर्ताले बुझ्नुपर्ने कुरा कुन जलविद्युत् कम्पनीले ऋण तिर्न हकप्रद रोज्दै छन् भन्ने होइन कि वित्तीय व्यवस्थापन कस्तो छ र आन्तरिक सुशासनमा कत्तिको ख्याल गरिएको छ भन्ने हो । जुन कम्पनीमा वित्तीय व्यवस्थापन राम्रो हुन्छ, त्यस्ता कम्पनीले मात्र लगानीकर्तालाई प्रतिफल दिन सक्छन् ।

५ महीनायताकै न्यून विन्दु २२७५.६८ मा झर्‍यो नेप्से, किन घट्दैछ दिनहुँ परिसूचक ?

वैशाख २१ , काठमाडौं । बुधवार नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दूमा झरेको छ । यस दिन नेप्से ३१ दशमलव ७६ अंक घटेर २ हजार २७५ दशमलव ६८ विन्दुमा झरेको हो । बुधवार कारोबारमा आएका २३३ ओटा धितोपत्रको ३६ लाख २ हजार ८४८ कित्ता शेयरको २७ हजार ५६६ पटकमा रू. १ अर्ब २६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस भन्दा अगाडि नेप्से परिसूचक २०७८ मंसिर २७ गते २ हजार २८१ दशमलव ६७ विन्दुसम्म झरेको थियो । यसरी हेर्दा नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दुमा झरेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहिरहेको छ । चर्को ब्यजदारले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण दिनहुँ बजार घट्दो क्रममा रहेको छ  । यद्धपि बजार लामो समयदेखि घटिरहेको छ ।  ३ हजार २०० विन्दुसम्म पुगेको बजार २२६० को आसपासमा आएर फर्किएको थियो । सोही कारण पनि बजार अब फर्किनु पर्ने शेयर विश्लेषकहरु बताउँछन् । यतिबेला धेरै कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ । सोही कारण पनि दीर्घकालिन अथवा अल्पकालिन लगानी गर्ने अवसर आएको हुन सक्छ ।  सोही कारण लगानीकर्ताले विवेकपूर्ण तरीकाले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३८२ दशमलव ४० कायम भएको छ । त्यसैगरी दोस्रोमा बरुण हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ४५ प्रतिशत वृद्धि भएर रू. ३९९ पुगेको छ ।  त्यसैगरी बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू। ३२४ दशमलव ५० मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशत घटेर रू. २४५ कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ४ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८९ दशलमव १० कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन । यसोत विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीमा दोस्रोमा हिमालयन डिष्टीलरी रहेको छ । उक्त कम्पनीको रू. ३ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको होे ।

नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ६१ करोड बराबरको शेयर खरीदविक्री

माघ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ६० अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८७० दशलमव ७४ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर १ लाख ८ हजार ३६५ पटकमा रू. ६ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ मा खरीदविक्री भएको हो ।   कारोबारमा आएका ती धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९५९ दशमलव २० पुगेको छ । त्यसैगरी दोस्रोमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ७३ प्रतिशतले वृद्धि भएर रू. ७४४ पुगेको छ । बिहीवार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २६० मा झरेको हो । त्यसैगरी दोस्रोमा पोखरा फाइनान्सको शेयरमूल्य ३ दशमलव शून्य ७ प्रतिशतले घटेर प्रतिकित्ता रू. ५९६ कायम भएको छ । त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको रू. ८२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९३ कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजी ५० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ५० लाखभन्दा बढी पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।  यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रो कम्पनीमा अपि पावर कम्पनी रहेको छ । उक्त कम्पनीको  रू. ५२ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत र निर्जीबन बीमा समूहको शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ् समूहको शून्य दशमलव ३४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ७५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव २ प्रतिशत,विकास बैंक समुहको १ दशमलव शून्य ६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।  यसैगरी अन्य समूहको शून्य दशमलव ४१ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ९७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ६५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतका दरले घटेको छ ।  बिहीवार नेप्सेमा सामान्य करेक्सन आएको छ । बजार खुलेको पहिलो घण्टासम्ममा दोहोरो अंकले बजार बढेको थियो । यो दिन बढेको बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा सामान्य करेक्सन आएको छ । कारोबार रकम भने पछिल्ला केहि दिनको तुलनामा वृद्धि भएको छ । मंगलवार रू. ६ अर्ब ५७ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । पछिल्लो समय लगानीकर्ताले थोरै बढ्यो कि नाफा बुक गरिहाल्ने गरेको देखिएको छ । सोही कारण पनि बिहीवारको बजारमा पनि विक्रेता हावी भएको देखियो । हुन त बजार घटबढ भइरहन्छ । तर पनि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा भने राम्रो प्रतिफल प्राप्त पाउँन सक्छन् ।

अपि पावर कम्पनीको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद शेयरको प्रस्ताव पारित

भदौ २५, काठमाडौं । अपि पावर कम्पनीको अठारौं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेको आव २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, सभाले बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ३९ दशमलव ३६ प्रतिशत अर्थात् १ः०.३९३६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।  त्यसैगरी हकप्रद शेयर जारी गर्दा विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गरेको छ ।  साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित समेत गरेको छ ।