५ महीनायताकै न्यून विन्दु २२७५.६८ मा झर्‍यो नेप्से, किन घट्दैछ दिनहुँ परिसूचक ?

वैशाख २१ , काठमाडौं । बुधवार नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दूमा झरेको छ । यस दिन नेप्से ३१ दशमलव ७६ अंक घटेर २ हजार २७५ दशमलव ६८ विन्दुमा झरेको हो । बुधवार कारोबारमा आएका २३३ ओटा धितोपत्रको ३६ लाख २ हजार ८४८ कित्ता शेयरको २७ हजार ५६६ पटकमा रू. १ अर्ब २६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस भन्दा अगाडि नेप्से परिसूचक २०७८ मंसिर २७ गते २ हजार २८१ दशमलव ६७ विन्दुसम्म झरेको थियो । यसरी हेर्दा नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दुमा झरेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहिरहेको छ । चर्को ब्यजदारले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण दिनहुँ बजार घट्दो क्रममा रहेको छ  । यद्धपि बजार लामो समयदेखि घटिरहेको छ ।  ३ हजार २०० विन्दुसम्म पुगेको बजार २२६० को आसपासमा आएर फर्किएको थियो । सोही कारण पनि बजार अब फर्किनु पर्ने शेयर विश्लेषकहरु बताउँछन् । यतिबेला धेरै कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ । सोही कारण पनि दीर्घकालिन अथवा अल्पकालिन लगानी गर्ने अवसर आएको हुन सक्छ ।  सोही कारण लगानीकर्ताले विवेकपूर्ण तरीकाले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३८२ दशमलव ४० कायम भएको छ । त्यसैगरी दोस्रोमा बरुण हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ४५ प्रतिशत वृद्धि भएर रू. ३९९ पुगेको छ ।  त्यसैगरी बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू। ३२४ दशमलव ५० मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशत घटेर रू. २४५ कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ४ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८९ दशलमव १० कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन । यसोत विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीमा दोस्रोमा हिमालयन डिष्टीलरी रहेको छ । उक्त कम्पनीको रू. ३ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको होे । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको […]

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ […]

नेप्से परिसूचक ७४.९३ अंकले वृद्धि

सेयर बजार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो । तर बिहीबार भने नेप्से परिसूचक उच्च अंकले वृद्धि भएर परिसूचक २ हजार बिन्दुमाथि पुगेको छ । बिहीबार नेप्से परिसूचक ७४.९३ अंकले बढेर २०३७.६४ बिन्दुमा पुगेको हो । […]

नेप्से परिसूचक ८ अंकले बढ्यो

सेयर बजार मापक परिसूचक नेप्से बिहीबार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ। आज नेप्से ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ। आज...

नेप्से परिसूचक २६ सय माथि

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

नेप्से परिसूचक नयाँ उचाइमा

काठमाडौँ । बुधबार सेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ९४ कायम गरेको छ। यस दिन परिसूचक १५. ३ अंकले बढेको हो। कारोबार खुलेको १० मिनेटमै परिसूचक ३ हजार ११२ सम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार अन्ततः अघिल्लो दिनको तुलनामा १५ अंकले मात्रै बढ्यो।  कारोबार रकम भने घटेको छ, १३ अर्ब २९ […]