मुलुक स्थानीय तहको चुनावमा होमिएका बेला सेयर बजारमा भने यसको कुनै प्रभाव देखिएको छैन । चुनावमार्फत नयाँ नेतृत्व चयन हुनुका साथै खर्च पनि बढ्ने भएकाले बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षाविपरीत प्रवृत्ति देखिएपछि यस्तो विश्लेषण गरिएको हो । स्थानीय तहको चुनाव घोषणा मितिदेखि धेरैजसो दिन बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएपछि बजारमा चुनावको असर नपरेको जानकारहरू बताउँछन् ।