सनराइज फर्स्ट म्युचुअल फण्डको नाफासँगै न्याभ बढ्यो

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार माघ महीनाको तुलनामा फागुन महीनामा फण्डको नाफासँगै न्याभ वृद्धि भएको छ । फण्डको न्याभ माघ मसान्तमा ११ रुपैयाँ २५ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३० पैसा पुगेको हो । त्यस्तै फण्डको नाफा पनि माघको तुलनामा फागुनमा ९ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड ४८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ९१ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  माघ मसान्तमा फण्डको आम्दानी रू. ५ करोड ५८ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ६ करोड १७ लाख पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ६२ करोड २६ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६४ करोड ८१ लाख पुर्‍याएको हो ।  फागुन मसान्तसम्ममा फण्डले मुद्दति निक्षेपमा रू. ३ करोड लगानी गरेको छ । सो अवधिमा फण्डको चालु सम्पत्ति रू. १० करोड २९ लाख छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सनराइज फोकस्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्वीटी फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुवै फण्डको नाफा असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ ।  सनराइज फोक्कस्ड इक्वीटी फण्डले असार मसान्तसम्ममा रू. २ करोड ३४ लाख नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. ३१ लाख ३३ हजारमा झरेको हो । त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले असार मसान्तमा रू. ११ करोड ४९ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. ४ करोड ९१ लाखमा सीमित भएको छ । साउनमा यी दुवै फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।  सनराइज फोकस्ड फण्डको नाफासँगै न्याभ पनि घटेको छ । असार मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २४ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ १७ पैसामा कायम भएको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४१ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ४० करोड ३२ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।  सनराइज फर्स्ट म्युचुअल फण्डको पनि न्याभ असारको तुलनामा साउनमा घटेको छ । फण्डको न्याभ असार मसान्तसम्ममा १२ रुपैयाँ ९२ पैसा रहेकोमा साउन मसान्तमा १२ रुपैयाँ ९० पैसा कायम भएको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ५९ करोड ७८ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ६८ करोडभन्दा बढी थियो ।  सनराइज फोकस्ड इक्वीटी फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश दिने

२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्‍यो लाभांश घोषणा, १२ प्रतिशत वितरण गर्ने

काठमाडौं। सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ। फर्स्ट म्युचुअल फण्ड सनराइज

सनराइज फर्स्ट म्युचुअल फण्ड सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २१७ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  प्रभु सेलेक्ट फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम १, सनराइज फर्स्ट म्युचुअल फण्ड,एनआईसी एशिया ब्यालेन्स फण्ड र सेञ्चुरी कर्मशयिल बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्र मध्ये प्रभु सेलेक्ट फण्डको सबैभन्दा बढी २ लाख १ हजार ४०० इकाई खरीद माग रहेको छ । त्यसैगरी ग्लोबल आइएमई समुन्नतको १ लाख ४५ हजार १४ इकाई,सनराइज फर्स्ट म्युचुअल फण्डको १ लाख २३ हजार २ सय इकाई,एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख १५ हजार १३० इकाई र सेञ्चुरी कर्मशियल बैंककको १ लाख ५ हजार २७७ कित्ता शेयर खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १३ दशमलव ४८ अंक घटेर २ हजार २३७ दशमलव ४३ विन्दुमा झरेको छ भने कुल रू. ५१ करोड ३६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

मंसिर मसान्तसम्ममा सनराइज फर्स्ट म्युचुअल फण्ड १ करोड ८८ लाख १६ हजार नोक्सानीमा

पुस १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्ड मंसिर मसान्तसम्ममा रू. १ करोड ८८ लाख १६ हजार नोक्सानीमा रहेको छ । फण्डले कात्तिक मसान्तसम्ममा रू. ८ करोड ३६ लाख ९२ हजार नाफा कमाएको थियो । मंसिर मसान्तसम्ममा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक भएकाले नोक्सानीमा गएको हो ।  कात्तिक मसान्तसम्ममा फण्डको खर्च रू. ८८ लाख २२ हजार रहेकोमा मंसिर मसान्तसम्ममा बढेर रू. १ करोड ५ लाख २८ हजार पुगेको हो । त्यसैगरी, फण्डको एनएभी कात्तिक मसान्तसम्ममा रू. १४ दशमलव ६७ रहेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. १३ दशमलव ४८ मा झरेको हो । त्यसैगरी, फण्डको सूचीकृत शेयरमा लगानी पनि कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तसम्ममा घटेको छ ।  फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७५ करोड ७१ लाख ६३ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ६२ करोड १७ लाख ३२ हजारमा झरेको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो

भदौ १४, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले साउन मसान्तको वित्तीय विवरण सोमवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । सनराइज ब्लूचिप फण्डको एनएभी असार मसान्तसम्ममा रू. १० दशमलव शून्य ६ रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. १० दशमलव ५० पुगेको हो ।  त्यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी साउन मसान्तमा रू. २० दशमलव ४८ पुगेको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म योजनाको एनएभी १ रुपैयाँ २७ पैसाले वृद्धि भएको हो । असार मसान्तमा योजनाको एनएभी रू. १९ दशमलव २१ थियो ।  त्यसैगरी, यस योजनाको नाफामा कमी आएको छ । असार मसान्तसम्ममा यस योजनाले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. १५ करोड ५१ लाख ६४ हजारमा सीमित भएको हो । यस योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागतमूल्य रू. ६७ करोड ८८ लाख ८४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब १५ करोड २५ लाख २६ हजार पुगेको हो ।  त्यसैगरी, सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्ममा रू. ६८ लाख ९३ हजार नाफा कमाएकोमा साउन मसान्तमा वृद्धि भएर रू. ५ करोड ६१ लाख ३४ हजार पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ५४ करोड ३९ लाख ४२ हजार रहेकोमा यसको बजार मूल्य रू. ७० करोड ८४ लाख २३ हजार पुगेको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डको नाफा घट्यो

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड  र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले कमि आएको छ । जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो ।  त्यसैगरी जेठ मसान्तसम्ममा रू. ९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । उक्त योजनाको नाफाघटेसँगै एनएभीमा पनि कमि आएको छ ।  जेठ महीनामा एनएभी रू. १० दशमलव शून्य ७ रहेकोमा असार महीनामा घटेर रू. १० दशमलव शून्य ६ मा कायम भएको हो । त्यसैगरी सनराइज फर्स्ट म्युुचअल फण्डको  एनएभी रू. १९ दशमलव ५८ रहेकोमा असार मसान्तमा रू.१९ दशमलव २१ कायम भएको छ । ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी सँगै नाफा घटेको हो ।