सनराइज फोकस्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्वीटी फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुवै फण्डको नाफा असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ ।  सनराइज फोक्कस्ड इक्वीटी फण्डले असार मसान्तसम्ममा रू. २ करोड ३४ लाख नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. ३१ लाख ३३ हजारमा झरेको हो । त्यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डले असार मसान्तमा रू. ११ करोड ४९ लाख नाफा कमाएकोमा साउन मसान्तमा रू. ४ करोड ९१ लाखमा सीमित भएको छ । साउनमा यी दुवै फण्डको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।  सनराइज फोकस्ड फण्डको नाफासँगै न्याभ पनि घटेको छ । असार मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २४ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ १७ पैसामा कायम भएको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४१ करोड ७६ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ४० करोड ३२ लाख थियो । यस आधारमा फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ ।  सनराइज फर्स्ट म्युचुअल फण्डको पनि न्याभ असारको तुलनामा साउनमा घटेको छ । फण्डको न्याभ असार मसान्तसम्ममा १२ रुपैयाँ ९२ पैसा रहेकोमा साउन मसान्तमा १२ रुपैयाँ ९० पैसा कायम भएको हो । यस फण्डले साउन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. ५९ करोड ७८ लाख लगानी गरेको छ । यो लगानी असार मसान्तमा भने रू. ६८ करोडभन्दा बढी थियो ।  सनराइज फोकस्ड इक्वीटी फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

सनराइज फर्स्ट म्युचुअल फण्डको नाफासँगै न्याभ बढ्यो

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार माघ महीनाको तुलनामा फागुन महीनामा फण्डको नाफासँगै न्याभ वृद्धि भएको छ । फण्डको न्याभ माघ मसान्तमा ११ रुपैयाँ २५ पैसा रहेकोमा फागुन मसान्तमा बढेर ११ रुपैयाँ ३० पैसा पुगेको हो । त्यस्तै फण्डको नाफा पनि माघको तुलनामा फागुनमा ९ प्रतिशत वृद्धि भएको छ । माघ मसान्तसम्ममा फण्डले रू. ४ करोड ४८ लाख नाफा कमाएकोमा फागुन मसान्तमा बढेर रू. ४ करोड ९१ लाख पुगेको हो । फागुनमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।  माघ मसान्तमा फण्डको आम्दानी रू. ५ करोड ५८ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ६ करोड १७ लाख पुगेको छ । त्यस्तै यस फण्डले सूचीकृत शेयरमा लगानी पनि बढाएको छ । माघ मसान्तमा सूचीकृत शेयरमा रू. ६२ करोड २६ लाख लगानी गरेकोमा फागुन मसान्तमा बढाएर रू. ६४ करोड ८१ लाख पुर्‍याएको हो ।  फागुन मसान्तसम्ममा फण्डले मुद्दति निक्षेपमा रू. ३ करोड लगानी गरेको छ । सो अवधिमा फण्डको चालु सम्पत्ति रू. १० करोड २९ लाख छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

सनराइज फर्स्ट म्युचुअल फण्डले शुक्रवारदेखि प्रतिफल वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले करसमेत १६ प्रतिशत प्रतिफल असोज २६ गते शुक्रवारदेखि वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट योजनाले यस वर्ष करसमेत उक्त लाभांश वितरण गर्न लागेको हो । प्रतिफल प्रयोजनका लागि योजनाले असोज १४ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । योजना व्यवस्थापक सनराइज क्यापिटलको साउन २५ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको मुनाफाबाट करसमेत १२ प्रतिशत प्रतिफल वितरण गरेको फण्डले यस वर्ष बढाएर प्रतिफल वितरण गर्न लागेको हो ।

सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका इकाई धनीहरूलाई प्रतिफल दिने भएको छ । फण्डले करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । इकाई धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा फण्डले प्रकाशित गर्ने बताएको […]

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश दिने

२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

भदौ १६, काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन गरेको छ । नेप्सेले फण्डले प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांश प्रयोजनमा मूल्य समायोजन गरेको हो ।  मंगलवार कायम कोषको अन्तिम इकाईमूल्य १८ रूपैयाँ १३ पैसाका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य १३ रूपैयाँ १३ पैसा तोकेको हो । फण्डले प्रस्ताव गरेको नगद लाभांश प्रयोजनका लागि आज (एक दिन) बुक क्लोज गरेकाले नेप्सेले नगद लाभांश पछिको मूल्य तोकेको हो ।  सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित उक्त फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि करसमेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गत साउन ३१ गते गरेको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्डले ५०% प्रतिफल वितरण गर्ने

साउन ३२, काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।  यस प्रतिफलका लागि बुक क्लोजको मिति भने तय हुन बाँकी छ । यस फण्डले ८ करोड ६० लाख इकाई विक्री गरेको हो ।  असार मसान्तसम्म यस फण्डको प्रतिइकाई खुद सम्पत्ति मूूल्य रू. १९ दशमलव २१ रहेको छ । यस अवधिसम्म फण्डले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा गरेको छ ।

सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्दै

काठमाडौं । सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फन्डले ४३ करोड प्रतिफल वितरण गर्ने भएको छ ।सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्ड योजनाले आर्थिक वर्ष २०७७/०७८ का लागि इकाइ धनीहरुलाई कर सहित ५०% का दरले प्रतिफल वितरण गर्न लागेको हो । सनराइजले ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय भएको जनाएको हो ।

सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डको नाफा घट्यो

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड  र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले कमि आएको छ । जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो ।  त्यसैगरी जेठ मसान्तसम्ममा रू. ९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । उक्त योजनाको नाफाघटेसँगै एनएभीमा पनि कमि आएको छ ।  जेठ महीनामा एनएभी रू. १० दशमलव शून्य ७ रहेकोमा असार महीनामा घटेर रू. १० दशमलव शून्य ६ मा कायम भएको हो । त्यसैगरी सनराइज फर्स्ट म्युुचअल फण्डको  एनएभी रू. १९ दशमलव ५८ रहेकोमा असार मसान्तमा रू.१९ दशमलव २१ कायम भएको छ । ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी सँगै नाफा घटेको हो ।