पुस १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्ड मंसिर मसान्तसम्ममा रू. १ करोड ८८ लाख १६ हजार नोक्सानीमा रहेको छ । फण्डले कात्तिक मसान्तसम्ममा रू. ८ करोड ३६ लाख ९२ हजार नाफा कमाएको थियो । मंसिर मसान्तसम्ममा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी ऋणात्मक भएकाले नोक्सानीमा गएको हो ।
कात्तिक मसान्तसम्ममा फण्डको खर्च रू. ८८ लाख २२ हजार रहेकोमा मंसिर मसान्तसम्ममा बढेर रू. १ करोड ५ लाख २८ हजार पुगेको हो । त्यसैगरी, फण्डको एनएभी कात्तिक मसान्तसम्ममा रू. १४ दशमलव ६७ रहेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. १३ दशमलव ४८ मा झरेको हो । त्यसैगरी, फण्डको सूचीकृत शेयरमा लगानी पनि कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तसम्ममा घटेको छ ।
फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७५ करोड ७१ लाख ६३ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ६२ करोड १७ लाख ३२ हजारमा झरेको हो ।