सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै योजनाको एनएभी बढ्यो

भदौ १४, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले साउन मसान्तको वित्तीय विवरण सोमवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । सनराइज ब्लूचिप फण्डको एनएभी असार मसान्तसम्ममा रू. १० दशमलव शून्य ६ रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. १० दशमलव ५० पुगेको हो ।  त्यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी साउन मसान्तमा रू. २० दशमलव ४८ पुगेको छ । असार मसान्तको तुलनामा साउन मसान्तसम्म योजनाको एनएभी १ रुपैयाँ २७ पैसाले वृद्धि भएको हो । असार मसान्तमा योजनाको एनएभी रू. १९ दशमलव २१ थियो ।  त्यसैगरी, यस योजनाको नाफामा कमी आएको छ । असार मसान्तसम्ममा यस योजनाले रू. ७६ करोड ८१ लाख २८ हजार नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. १५ करोड ५१ लाख ६४ हजारमा सीमित भएको हो । यस योजनाले सूचीकृत तथा सूचीकृत नभएका शेयर डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागतमूल्य रू. ६७ करोड ८८ लाख ८४ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब १५ करोड २५ लाख २६ हजार पुगेको हो ।  त्यसैगरी, सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्ममा रू. ६८ लाख ९३ हजार नाफा कमाएकोमा साउन मसान्तमा वृद्धि भएर रू. ५ करोड ६१ लाख ३४ हजार पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चर तथा मुद्दति निक्षेपमा गरेको लगानीको लागत मूल्य रू. ५४ करोड ३९ लाख ४२ हजार रहेकोमा यसको बजार मूल्य रू. ७० करोड ८४ लाख २३ हजार पुगेको छ । 

सम्बन्धित सामग्री

सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश दिने

२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ । लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ । २५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

सनराइज म्युचुअल फण्ड योजनाद्वारा १० करोड ३२ लाख प्रतिफल वितरणको निर्णय

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ योजनाले प्रतिफल वितरणको निर्णय गरेको छ । आर्थिक वर्ष ०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका इकाइ धनीहरुलाई कर सहित १२% का दरले हुन आउने दश करोड बत्तीस लाख प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो । साथै इकाइ धनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने समेत कम्पनीले जनाएको छ ।

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको सूचीकृत शेयरमा लगानी बढ्यो

चैत १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फष्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेका छन् । उक्त विवरण अनुसार दुबै योजनाको फागुन मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी बढेको छ । सनराइज ब्लूचिप फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५९ करोड ७८ लाख लगानी गरेकोमा फागुन मसान्तसम्ममा बढेर रू. ६० करोड ० लाख पुगेको हो । त्यसैगरी सनराइज फष्र्ट म्युचुअल फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ५९ करोड ६ लाख लगानी रहेकोमा फागुन मसान्तसम्ममा बढेर रू. ६२ करोड ४ लाख पुगेको हो । यी दुबै योजनाले फागुन महीनामा लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा गरेको लगानी बढेको हो । सनराइज फष्ट म्युचुअल फण्डको एनएभी भने माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्ममा योजनाको एनएभी रू.१४ दशलमव ६५ रहेकोमा फागुन मसान्तसम्ममा रू. १४ दशमलव ३५ कायम भएको हो । त्यसैगरी यस योजनाले फागुन मसान्तसम्ममा रू. ५ करोड ६१ लाख नाफा कमाएको छ । यो नाफा माघ मसान्तको तुलनामा भने ३१ प्रतिशत कमि आएको हो । योजनाले माघ मसान्तसम्ममा रू. ८ करोड १९ लाख नाफा कमाएको थियो । फागुन महीनमा योजनाको आम्दानी घटेसँगै नाफा घट्न पुगेको हो । माघ मसान्तसम्ममा फण्डले कुल रू. ९ करोड ६३ लाख आम्दानी गरेकोमा फागुन मसान्तसम्ममा रू. ७ करोड २३ लाखमा झरेको हो । सनराइ जब्लूचिप फण्ड भने फागुन मसान्तसम्ममा रू. १ करोड ६४ लाख नोक्सानीमा रहेको छ । योजनाले माघ मसान्तसम्ममा भने रू. १ करोड २६ लाख नाफा कमाएको थियो । फागुन महीनामा योजनाको खर्चमा वृद्धि भई जम्मा आम्दानी रू. १३ लाख ४८ हजार ऋणात्मक रहेकाले नोक्सानी व्यहोरेको हो । त्यसैगरी यस योजनाको एनएभी पनि माघ महीनाको तुलनामा फागुन महीनामा घटेको छ । माघ मसान्तसम्ममा योजनाको एनएभी रू. १० दशलमव १६ रहेकोमा फागुन मसान्तसम्ममा रू. ९ दशलमव ९३ कायम भएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डको नाफा घट्यो

साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड  र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले कमि आएको छ । जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो ।  त्यसैगरी जेठ मसान्तसम्ममा रू. ९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । उक्त योजनाको नाफाघटेसँगै एनएभीमा पनि कमि आएको छ ।  जेठ महीनामा एनएभी रू. १० दशमलव शून्य ७ रहेकोमा असार महीनामा घटेर रू. १० दशमलव शून्य ६ मा कायम भएको हो । त्यसैगरी सनराइज फर्स्ट म्युुचअल फण्डको  एनएभी रू. १९ दशमलव ५८ रहेकोमा असार मसान्तमा रू.१९ दशमलव २१ कायम भएको छ । ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी सँगै नाफा घटेको हो ।

सनराइज ब्लूचिप फण्डको सूचीकृत सेयरमा लगानी १५ करोड १४ लाखभन्दा बढी

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्ममा सूचीकृत सेयरमा १५ करोड १४ लाख ९१ हजार रूपैयाँ लगानी गरेको छ ।उक्त योजनाले चैत मसान्तसम्ममा उक्त सेयरमा गरेको लगानी ६ करोड ५ लाख ३७ हजार रूपैयाँ थियो । उक्त योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य वैशाख मसान्तमा ९.९५ रहेको छ ।चैत मसान्तमा योजनाको एनएभी ९.९६ […]

सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांशमा ६ करोड वितरण गर्दै, तोक्यो बुक क्लोज मिति

काठमाडौं। सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित  सनराइज फर्स्ट म्युचुअल फण्डले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिफल घोषणा, ६ करोड २ लाख लाभांश वितरण गर्दै

काठमाडौं। सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट