धनगढी : नेकपा (एमाले)ले पार्टीमा नेताहरुको कार्यविभाजन गरेको छ। १०औं राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो।एमालेले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा एमालेका सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै‚ लिलाकुमारी भण्डारी, कर्णबहादुर थापा, राजेन्द्रसिंह रावल र गणेशसिंह ठगुन्नाले भने सह-इञ्चार्जको जिम्मेवारी पाएका छन्। ठगुन्नालाई दार्चुला जिल्ला इञ्चार्जको जिम्मेवारी पनि दिइएको छ।यस्तै‚ एमाले सुदूरपश्चिमको अध्यक्षमा दामोदर भण्डारी, उपाध्यक्षमा