संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आउँदो आर्थिक वर्षमा ठूलो परिमाणमा बजेट गुमाउने भएको छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि मन्त्रालयले १५ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ बराबरको मात्रै बजेट पाउने भएको हो । राष्ट्रिय योजना आयोगले अधिकतम १५ अर्बको सिलिङ तोक्दै सोहीबमोजिम नीति तथा कार्यक्रम बनाउन मन्त्रालयलाई भनेको छ । जुन चालु आर्थिक वर्षमा मन्त्रालयले पाएको बजेट भन्दा ३९.७३ प्रतिशत कम हो ।चालु आर्थिक वर्षका लागि मन्त्रालयले कुल २६ अर्ब १० करोड ७ लाख रुपैयाँ बजेट पाएको छ । जसमध्ये