सरकारले अर्धवार्षिक मूल्याङ्कन क्रममा चालू आर्थिक वर्ष २०७८/७९ को बजेट सीमा ८६ अर्ब ५५ करोड रुपैयाँले घटाएको छ । प्रतिस्थापन विधेयकमार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएको सरकारले बजेट आकार १५ अर्ब ४६ अर्ब २८ करोड रुपैयाँ हुनेगरी संशोधन गरेको हो । स्रोत व्यवस्था, खर्च अवस्था र सरकारी दायित्व लगायत पक्षलाई मध्यनजर गरी सरकारले हरेक आर्थिक वर्षमा बजेट आकार संशोधन गर्ने गर्छ । संशोधित बजेट आकार शुरू विनियोजनको करिब ९४.७ प्रतिशत हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । तर, बजेट