माओवादी केन्द्रले रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट हटायो

जनकपुर : नेकपा (माओवादी केन्द्र) ले एमालेको ओली पक्षमा लागेका रौतहटका २ मेयर र ५ उपमेयरलाई पार्टीबाट निष्कासन गरेको छ।माओवादीबाट चुनाव जितेका उनीहरू एमालेको ओली खेमातिर लागेपछि पदमुक्त गरिएको माओवादी रौतहटका सचिव देवेन्द्र पटेलले जानकारी दिए। पटेलका अनुसार उनीहरूलाई पदबाट मुक्त गरिदिन पार्टी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरिसकेको छ।निष्कासनमा परेकाहरूमा रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा, यमुनामाई गाउँपालिकाकी

सम्बन्धित सामग्री

मलंगवाको मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ– २० स्थानीय तह रहेको सर्लाहीमा १० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।  जसमा कांग्रेसले ८ स्थानीय तहमा र माओवादी केन्द्रले २ स्थानीय तहमा विजयी हात पारेको छ । यसैक्रममा सदरमुकाम मलंगवा नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।  कांग्रेसबाट मेयर पदका लागि उम्मेदवारी दिएका नागेन्द्रप्रसाद यादवले ९ […]

सर्लाहीको बलराको मेयर र उपमेयरमा माओवादी विजयी

३ जेठ, सर्लाही । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ । मेयरमा माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् । कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै कुशवाहा निर्वाचित भएका हुन् । कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर निर्वाचित […]

रोल्पा नगरपालिकाको मेयर र उपमेयर दुवै माओवादी केन्द्रले जित्यो

काठमाडौं, २ जेठ । रोल्पा नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) का सुरेन्द्र थापा घर्ती विजयी भएका छन् । उनले ७ हजार ६ सय तीन मत प्राप्त गरेका छन् । उनले निकटमत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापालाई पराजित गरेका छन् । शेरबहादुरले ३ हजार ६ सय ५८ मत प्राप्त गरे । मेयरमा एमालेका उम्मेद्धवार घनश्याम आचार्यले […]

चन्द्रागिरिबाट माओवादीका मेयर र उपमेयरका उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौँ- नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ। सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै माओवादीका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन्। माओवादीका मेयरका उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयरकी उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रागिरिमा गठबन्धनका उम्मेदवारलाई सहज भएको हो। केन्द्रबाट आएको निर्देशन अनुसार उम्मेवारी फिर्ता लिएको उनीहरुले जानकारी […]

चन्द्रागिरिबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ । मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन् । सत्ता गठबन्धनकोकेन्द्रबाट आएको निर्देशन अनुसार आफूहरुले उम्मेदवारी फिर्ता लिएको महर्जनले जानकारी दिइन् । चन्द्रागिरिमा नेपाली कांग्रेसबाट मेयर पदमा घनश्याम गिरी र […]

कागेश्वरी मनोहरा : काँग्रेसलाई मेयर, माओवादीलाई उपमेयर

काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ । यो नगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवार उठाएर निर्वाचनमा अन्य दलका उम्मेदवारसँग प्रतिस्पर्धी गर्ने भएका छन् । सोमबार काँग्रेसका नगरसभापति उद्धव दाहाल र माओवादीका नगर अध्यक्ष भोला चापागाईँले उक्त सहमति गरेका हुन् ।

फेरि मेयर उठ्न रेनुले दिइन् राजीनामा

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन्। ‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले थाहाखबरसँग भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ।’पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले

घोराहीको मेयर उम्मेदवारमा माओवादीबाट हेमराज शर्मा सिफारिस

७ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रले घोराही उपमहानगरको मेयर उम्मेदवारमा हेमराज शर्मालाई सिफारिस गरेको छ । सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको घोराही नगर कमिटीका इन्चार्ज निर्मल महाराले जानकारी दिए । बुधबार केन्द्रबाट ढिलो परिपत्र आएकाले जिल्लामा बिहीबार गठबन्धनको बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । बिहीबार […]

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

माओवादीले सिफारिस गर्यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बता